सुआरेजको निर्णायक गोलमा एट्लेटिकोकाे जित

बिएल संवाददाता

काठमाडाै‌ं

लुइस सुआरेजको निर्णायक गोलमा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडले गेटाफेलाई १–० ले पराजित गरेको छ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा सुआरेजले पहिलो हाफमा गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो। 

उनले खेलको २०औं मिनेटमा यान्निक कारास्कोको पासमा गोल गरेका थिए।

 जितसँगै एट्लेटिकोको १४ खेलबाट ३५ अंक पुगेको छ।

उसले दुई खेल बढी खेलेको रियल मड्रिडलाई २ अंकले पछि पारेको छ। दोस्रो स्थानको रियलको ३३ अंक छ। रियल बुधबार राति नै इल्चेसँग १–१ गोलको बराबरीमा रोकिएको फाइदा एट्लटिकोलाई पुगेको छ।

प्रकाशित मिति: : 2020-12-31 07:49:00

प्रतिकृया दिनुहोस्