मध्य अफ्रिकाका राष्ट्रपति तुवादेरा जीत नजिक पुगेको सत्ताधारी दलको दावी

मध्य अफ्रिकी गणराज्यका राष्ट्रपति फोस्टिन आर्चेंज तुवादेरालाई गत साताको अन्त्यमा सम्पन्न निर्वाचनले जीतको नजिक पुर्‍याएको उनको दलले दावी गरेको छ । 

विपक्षी दलले मतदान रद्द हुन आह्वान गरेको एक दिन पछि उहाँ जीतको नजिक पुगेको सत्ताधारी दलले बिहीबार जनाएको हो । 

‘नतिजाहरूले हाम्रो उम्मेद्वारलाई पुनः निर्वाचित हुने सम्भावनाको नजिक पु¥याएको छ । मध्य अफ्रिकी नागरिकले प्रदान गरेको नविकरणलाई प्रतिबिम्बित गर्दै प्राध्यापक टुआदेराले पहिलो चरणको जीत सुनिश्चित गरेको छ,’ उनका अभियान निर्देशक सिम्पलिस माथिउ सरन्डजीले एक पत्रकार सम्मेलनमा भने। 

विपक्षी समूहको एक शक्तिशाली गठबन्धनले बुधवार हिंसाबाट ग्रस्त देशको मतदानमा नराम्रो असर परेको बताएको थियो । उसले यो निर्वाचन परिणाम रद्दगरी पुनः निष्पक्ष र स्वभाविक प्रतिस्पर्धा गर्नुपर्ने बताएको छ । 

एएफपी

प्रकाशित मिति: : 2020-12-31 22:05:00

प्रतिकृया दिनुहोस्