फुटबलकाे मुख्य प्रशिक्षकमा अरुणा गुरुङ नियुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले फुटबल खेलकाे मुख्य प्रशिक्षकमा अरुणा गुरुङलाई नियुक्त गरेको छ।

राखेपले शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी गुरुङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

गत वर्ष नेपालमा आयाेजना भएकाे १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा गुरुङ नेपाली राष्ट्रिय महिला टिमकाे प्रशिक्षककाे भुमिकाका थिइन्।

उनलाई राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले  नियुक्तिको प्रमाण पत्र दिएका थिए।

यसअघि राखेपले फुटबल टिमको मुख्य प्रशिक्षकमा मिलान हाडालाई जिम्मेवारी दिएको थियो।

प्रकाशित मिति: : 2021-01-01 15:41:00

प्रतिकृया दिनुहोस्