युभेन्टसले इटालियन सिरी ए मा सानदार जित हात पारेको छ।
घरेलु मैदान एलिएन्ज स्टेडियय टोरिनोमा आइतबार राति भएको खेलमा युभेन्टसले उडिनेसमाथि ४–१ को फराकिलो जित हात पारेको हो।
युभेन्टसका जितमा क्रिस्टियानाे रोनाल्डो दुई तथा फेडरिको चिइसा र पाउलो डिबालाले एक एक गाेल गरे। उडिनेसका मार्भिनले एक गोल फर्काए।
३१औं मिनेटमा रोनाल्डोले आराने राम्सेको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए।
४९औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे।
७०औं मिनेटमा रोड्रिगो बेन्टानकरको पासमा रोनाल्डोको व्यक्तिगत दोस्रो गोल गरे।
९०औं मिनेटमा मार्भिन जिगेलारले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए। तर इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पाउलो डिबालाले डानिलोको पासमा गोल गर्दै युभेन्टसलाई ४–१ को सानदार जित दिलाए।
यो जितसँगै युभेन्टस १४ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। पराजित उडिनेस १५ अंकसहित १३औं स्थानमा छ।