अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक लिगमा ५ जना खेलाडी सब्सिच्युट गर्न पाइने भएकाे छ।
साेमबार एन्फाले आगामी फागुन ११ गतेदेखि पुनः सुरु हुन लागेकाे बी डिभिजन क्लबहरुसँग प्रतियाेगिताकाे रेगुलेसनकाे बारेमा छलफल गरेकाे थियाे।
गत डिसेम्बर २३ मा क्लब प्रतिनिधिसँग भएकाे छलफलबाट काेराेना महामारीका कारण २०२० मार्च १८ देखि स्थगित भएकाे बी डिभिजन लिग फेब्रुअरी २३ बाट गर्ने निर्णय गरेकाे हाे।
जसमा यसअघि कायम रहेकाे ३ खेलाडी सब्सिच्युटकाे नियमलाई परिमार्जन गर्दै ५ खेलाडी सब्सिच्युट गर्न पाउने नियम बनाएकाे हाे।
यस्तै क्लबले थप ५ खेलाडी दर्ता गर्न पाउने भएका छन्। यसअघि ३५ खेलाडी दर्ता गर्न पाउनेमा अब ४० खेलाडी दर्ता गर्न पाउनेछन्।
यस्तै हरेक क्लबले दुई हेल्फ प्राेफेसनल पनि दर्ता गर्न पाउनेछन्। म्याच ३३ देखि म्याच ६६ सम्मकाे खेल तालिका पुरानै यथावत् रहने एन्फाले जनाएकाे छ।