बार्सिलोनाका चार्ल्सले यस सिजनको बाँकी खेल गेटाफेबाट खेल्ने

स्पेनिस क्लब बार्सिलोनाका चार्ल्स एलेनाले यस सिजनको बाँकी खेल गेटाफेबाट खेल्ने भएका छन्। 

२३ वर्षीय मिडफिल्डर एलेना बार्सिलोनाबाट लोनमा गएपछि २०२०/२१ को बाँकी ५ महिना गेटाफेबाट खेल्ने भएका हुन्।

गत सिजन उनले रियल बेटिसबाट लोनमा खेलेका थिए। 

गेटाफेका एलेनाले अब ला मासियाका पूर्व टिममेट मार्क कुरेलासँगै खेल्नेछन्। 


 

प्रकाशित मिति: : 2021-01-06 22:40:00

प्रतिकृया दिनुहोस्