मन्दिर भित्रै पुजारीले गरे सामूहिक बलात्कार

photo:BBC hindi
photo:BBC hindi

उत्तर प्रदेशअन्तर्गत बदायुनमा एक महिलालाई सामूहिक बलात्कारपछि हत्या गरिएकाे अभियाेगमा एक पुजारीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार अभियुक्त पुजारी सत्यनारायणलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो। 

ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घाेषणा गरेकाे थियाे। गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए। 

बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामूहिक बलात्कारपछि हत्या गरिएकाे थियो।ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएका बेला यो घटना भएको थियो। 

बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि पुजारीका २ साथीलाई पक्राउ गरिसकेको छ।
 

प्रकाशित मिति: : 2021-01-08 07:29:00

प्रतिकृया दिनुहोस्