कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ।
शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा सम्पन्न प्रतियोगिताको उपाधि बिबी वारियर्सले जितेको हो ।
शनिबार कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्यो।
खेलमा पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ९४ रनको लक्ष्य बिबी वारियर्सले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
वारियर्सको लागि अमरसिंह रौटेलाले सर्वाधिक २९ रन बनाएका थिए,भने सुनिल भण्डारीले २६ रन तथा विजय चौधरीले १३ रन बनाए।
कोहलपुर एकेडेमीको बलिंगमा रुपेश कुर्मीले २ विकेट तथा अजय शहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १ विकेट लिए। यस अघि टस हारेर ब्याटिंग गरेको कोहलपुर क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो।
उसको लागि सन्दिप नेपालीले सर्वाधिक अविजित ३१ रन, शेर बहादुर ओलीले १४ रन तथा रमेश सिंहले १० रन बनाए। बिबी वारियर्सको बलिंगमा बिशाल पौडेलले सर्वाधिक ३ विकेट तथा सिद्धान्त राज शाही, अमरसिंह रौटेला र आकाश बिस्टले समान २ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच बिबी वारियर्सका अमर सिंह रौटेला चुनिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि सहित बिबी वारियर्सले ५० हजार रुपैयाँ प्राप्त गगरेको छ । ने उपविजेता टोलि कोहलपुर क्रिकेट एकेडेमीले २५ हजार रुपैयाँ मै चित्त बुझायो ।
प्रतियोगिताको उत्कृस्ट खेलाडी बिबी वारियर्सका कप्तान सिद्धान्त राज शाही चुनिए ।
उनले नगद १० हजार प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृस्ट बलर आकाश विष्ट घोषित भए भने उत्कृस्ट ब्याट्सम्यान शुबेन्दु पाण्डे भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाएका छन् ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दिपेन्द्र प्रताप सिंहले पुरस्कार वितरण गरेका थिए ।
पुष २० गतेदेखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टोलीहरुले सहभागिता जनाएका थिए ।