हालान्डको दुई गोलमा डर्टमुन्डको जित

बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगलाई ३–१ ले पराजित गरेको छ।

रेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको प्रतिस्पर्धात्मक डर्टमुन्डका एर्लिङ ब्राउट हालान्डले दुई तथाजाडोन सान्चोले एक गोल गरे।

घरेलु टोलीका एलेक्सान्डर सोर्लोथले गोल गरेपनि हार टार्न सकेन

५५औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाए। ७१औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे।

८४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरे। ९०औं मिनेटमा एलेक्सान्डर सोर्लोथले गोल गरेपनि टोलीको हार टार्न सकेन।

जितसँगै डर्टमुन्ड २८ अंक जोडेर चौथो स्थानमा यथावत् छ। पराजित लाइप्जिगले शीर्षस्थानमा उक्लने अवसर गुमायो। 

लाइप्जिगको ३१ तथा शीर्षस्थानको बायर्न म्युनिखको ३३ अंक छ।

प्रकाशित मिति: : 2021-01-10 08:31:00

प्रतिकृया दिनुहोस्