प्रतिलिपि अधिकार उल्लंघन गरेकाे आरोपमा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत पक्राउ

 विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी पक्राउ परेकी छन्। 

प्रतिलिपि अधिकार उल्लंघन आरोपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

उनीविरुद्ध गायक प्रमोद खरेलले उजुरी दिएपछि पक्राउ पुर्जी जारी गरिएकाे थियाे। 

विन्ध्यवासिनीसँग सम्झौता गरेको करार समय सकिएपछि 'प्रणय' एल्बम फिर्ता माग्दा नदिएर फेसबुकमा तथानाम टिप्पणी गरेपछि दोषीलाई कानुनी प्रक्रियाअनुसार कारबाही गर्न ५७ जना संगीतकर्मीहरुको हस्ताक्षरसहित टेकु प्रहरीलाई आग्रह गरेका थिए।

'कम्पनीमा पति सुवास र पत्नी लीना दुवैजना संग्लग्न हुनुहुन्छ। दुवै जनाविरुद्ध जाहेरी दर्ता भएको छ, पक्राउ पुर्जी जारी भएको छ,' एसएसपी सिंहले भने।

खरेलका अनुसार २०७१ सालमै एल्बमको सम्झौता सकिएको हो। यसबीच कम्पनीले आफूले उत्पादन गरेको गीत गायक खरेलले बिनाअनुमति गाएको आरोपसहित १ करोडको क्षतिपूर्ति दाबी गर्दै कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दिएकाे थियाे। 

आफूले लगानी गरेको म्युजिक ट्र्याक प्रयोग गरेर ११ वर्ष खरेलले करोडौं कमाएको भन्ने दाबी सञ्चालक रेग्मीले  गर्दै आएका थिए। 

गायक खरेल भने गीतको सर्वाधिकार आफूसँग रहेको र प्रणयको एल्बमको निर्माता नै आफूलाई दाबी गरेका छन्।

प्रकाशित मिति: : 2021-01-12 09:32:00

प्रतिकृया दिनुहोस्