एट्लेटिकोको ४ अंकको अग्रता

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले ४ अंकको अग्रता कायम गरेको छ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई २–० ले पराजित गरेको हो।

याेसँगै एट्लेटिकोले सहरी रियल मड्रिडलाई ४ अंकले पछि पारेको हो।

घरेलु मैदान वान्डो मेट्रोपोलिटानोमा एट्लेटिकोको जितमा एन्जल कोरेय र साउल निग्वेजले गोल गरे। 

खेलको १७औं मिनेटमा नै एन्जेल कोरेयको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो। उनले काइरन ट्रिपिएरको पासमा गोल गरेका थिए।

७६औं मिनेटमा सउल निग्वेजले मार्काेस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई २–० को सहज जित दिलाए।

एट्लेटिकोको १६ खेलबाट ४१ अंक पुगेको छ। 

१८ खेल खेलेको दोस्रो स्थानको रियल म्याड्रिडको ३७ अंक छ।

पराजित भएको सेभियाले चौथो स्थानमा उक्लने अवसर गुमाउदा छैटौ स्थानमा खुम्चिएको छ। सेभियाको १७ खेलबाट ३० अंक छ।
 

प्रकाशित मिति: : 2021-01-13 08:33:00

प्रतिकृया दिनुहोस्