पिएसजीलाई कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कपकाे उपाधि

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कप उपाधि जितेको छ ।

पिएसजीले चिर परिचित प्रतिद्वन्द्वी मार्सेलाई २-१ ले पराजित गर्दै  सिजनको पहिलो उपाधि हासिल गरेको हो । 

पिएसजीको जितमा अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८५ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । गोलरक्षक योहान पेलेले पेनाल्टी क्षेत्रभित्र इकार्डीलाई लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो ।


 अन्तिम समयतिर डिमीट्री पायटले फ्लोरियन थाउभिनको क्रसलाई पहिलो टचमा नै गोलमा परिणत गरेपनि उक्त गोल सान्त्वनामै सिमित भयो ।
 

प्रकाशित मिति: : 2021-01-14 07:43:00

प्रतिकृया दिनुहोस्