नेपाल-भारत सम्बन्ध: दुई देशबीच 'सीमा विवादबारे कुरा उठ्यो', खोपका विषयमा भारतबाट 'आशा अनुरूपको आश्वासन'

नेपाल र भारतका विदेशमन्त्रीहरूको शुक्रवार दिल्लीमा भएका बैठकमा सीमा विवादकाबारे कुरा उठेको र कोरोनाभाइरस विरुद्धको खोपका बिषयमा नेपालको 'आशा अनुरुपको आश्वासन' भारतबाट पाइएको दिल्लीस्थित नेपाली राजदूतले बीबीसीलाई बताएका छन्।

राजदूत नीलाम्बर आचार्यले भारतबाट नेपालले 'शीघ्र' खोप पाउनेबारे आश्वासन पाएको बताए।

उनले भने: "नेपालमा सुरुवाती चरणकै लागि भारतबाट खोप उपलब्ध हुनेछ।"

  • भारत भ्रमणमा परराष्ट्रमन्त्रीले कोभिड १९, उर्जा, सीमा लगायतका मुद्दामा छलफल गर्ने
  • के नेपाल र भारत सीमा विवादको चरणबाट पार भइसकेका हुन्?

सुरुवाती चरणमा अग्रमोर्चामा काम गर्ने ३ प्रतिसतका लागि नेपालले खोप ल्याउन चाहेको र त्यो मात्रा नेपालमा मौजुदा भण्डारण क्षमताले धान्ने अधिकारीहरूले बताउने गरेका छन्।

प्रकाशित मिति: : 2021-01-15 18:18:00

प्रतिकृया दिनुहोस्