प्रदेशको नाम नतोकी बिहे गर्दै मुख्यमन्त्री राई !

प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर बिहे गर्ने बताएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिहेको तयारीमा जुटेका छन्। 

५० वर्षीय मुख्यमन्त्री राई यहीँ माघ भित्र बिहे गर्ने तयारीमा जुटेको  मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले बताए। 

पारिवारिक स्रोतका अनुसार माघ ११ गते विवाहको मिति तय भएको हाे। विवाहको मिति तय भएपनि युवतीको नाम भने खुलाइएको छैन।

उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा गर्ने तयारी छ।  पारिवारिक स्रोतका अनुसार उनको बिहे अन्तरजातीय हुनेछ। तर मुख्यमन्त्री राईले भने यो विषयमा थप खुलाएका छैनन्।

२०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर बिहे गर्ने बताएका थिए। प्रदेशको स्थायी राजधानी टुङ्गो लागेको छ। तर नाम तोक्न अझै बाँकी छ।

प्रकाशित मिति: : 2021-01-15 19:39:00

प्रतिकृया दिनुहोस्