माधव नेपाललाई शंकर पोखरेलको प्रश्न: 'यदु गौतमलगायत एमालेका झण्डै ५०० कार्यकर्ताको हत्या पनि सहकार्यमै भएको हो ?'

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रचण्डसँग सुरुदेखि सहकार्य गरेको बारे गम्भीर प्रश्न उठाएका छन् । 

माओवादी सशस्त्र द्वन्द्वका बेला करिब १४ वर्ष महासचिव र आठ वर्ष तत्कालीन नेकपा एमालेका पार्टी प्रमुख रहेका नेपालको भनाइबारे पोखरेलले प्रश्न गरेका छन्, 'त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ? '

'माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतम् लगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो', पोखरेलले भनेका छन्, 'तर आज तपाईं कमरेड प्रचण्डसँग सुरुदेखिनै सहकार्यमा रहेको दावीगर्दै हुनुहुन्छ । शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड !' 

पोखरेलको सुझाव छ, 'विधि र पद्धतिमा जोड दिने तपाईले अहिले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरीत नबोलेको भए हुन्थ्यो ।'

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, 'शान्तिप्रकृयामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौ । त्यो भन्दा पहिले लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?

प्रकाशित मिति: : 2021-01-17 12:56:00

प्रतिकृया दिनुहोस्