नेप्से सूचक २८.४६ अंकले बढेर २३१५ विन्दुमा, कारोबार रकममा पनि वृद्धि

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजार परिसूचक २३ सय विन्दुमाथि पुगेको छ। यो नेपाली शेयरबजारको अहिलेसम्मकै सर्वोच्च विन्दु हो। 

माघ लागेसँगै बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घटेको छ। ब्याजदर थप घट्दा सेयर बजार अझै वृद्धि हुने स्पष्ट संकेत देखिएको छ।

अधिकांश समूहमा आइतबार तेजी आएको छ। नेप्से केही तलमाथि हुँदै अघि बढिरहेको देख्न सकिन्छ। वित्तीय प्रणालीमा अधिक तरलता अनि सस्तो ब्याजदरले सेयर बजार वृद्धिमा निकै राम्रो भूमिका खेलिरहेको देखिन्छ।

बैंकहरुले पनि सहज तरिकाले सेयर कर्जा प्रवाह गरिरहेका छन्। अगुवा लगानीकर्ताहरु बजार बढ्दा वा घट्दासमेत नेप्से सूचकलाई मात्र आधार नमान्न सुझाव दिने गर्छन्।

यस दिन १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएका व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंकको ४.६१ प्रतिशत, अन्यको ३.४ प्रतिशत, लघुवित्तको ३.१९ प्रतिशत, फाइनान्स उपसमूहको २.५२ प्रतिशत र जीवन बीमाको १.५१ प्रतिशत बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक भने ०.४ प्रतिशत घटेको छ।

साताको पहिलो दिन आइतबार १३ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, किसान लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त, मञ्जुश्री फाइनान्स, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र एचआईडिसीएलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

यस दिन नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ५८ करोड १० लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया बैंक र सिभिल बैंकको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति: : 2021-01-17 15:53:00

प्रतिकृया दिनुहोस्