बार्सिलोनालाई हराउदै बिल्वाओ बन्याे सुपर कप च्याम्पियन

 बार्सिलोनामाथि जित निकाल्दै एथ्लेटिक बिल्वाओ स्पेनिस सुपर कप च्याम्पियन बनेको छ।

सेभिया स्पेनमा आइतबार राति भएको खेलमा दुईपटक पछि परेको अवस्थामा उत्कृष्ट पूनरागमन गर्दै बिल्वाओले १० खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि हात पारेको हो।

बिल्वाओका लागि ओस्कार डि मार्काेस, एसिएर भिल्लालिब्रे र इनाकी विलियम्सले गोल गरे। बार्सिलोनाका लागि दुवै गोल एन्टोइन ग्रिजमनले गरे।

बार्सिलोनाले खेलको ४०औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो। 

तर, बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन। ४२औं मिनेटमा इनाकी विलियम्सको पासमा ओस्कार डि मार्काेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

७७औं मिनेटमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए 

९०औं मिनेटमा सब्सिच्युट एसिएर भिल्लालिब्रेले इकर मुनिएनको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

अतिरिक्त समयको तेस्रो मिनेट अर्थात ९३औं मिनेटमा इनाकी विलियम्सले इकर मुनिएनको पासमा गोल गर्दै बिल्वाओलाई ३–२ को अग्रता दिलाए। 

अन्तिम समयमा कप्तान लियोनेल मेसी रातो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरि। 

बिल्वाओको यो तेस्रो सुपरकप उपाधि हो। यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो। बार्सिलोनाले सर्वाधिक १३ पटक सुपरकपको उपाधि जितेको छ।

प्रकाशित मिति: : 2021-01-18 07:11:00

प्रतिकृया दिनुहोस्