अमेरिकाको फिनिक्स सहरमा गोली चल्दा ६ जना घाइते

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाको एरिजोनास्थित फिनिक्स सहरमा गोली चल्दा ६ जना घाइते भएका छन्। 

फिनिक्स पुलिस डिपार्टमेन्टका अनुसार आइतबार बिहान पाँच बजे एक नाइटक्लबमा गोली चलेको हो। घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

प्रहरीले दिएको जानकारीअनुसार घटनास्थलमा सातजना मानिसहरु गोली लागेर घाइते अवस्थामा फेला परेका थिए। जसमध्ये एकजनाको मृत्यु भइसकेको थियो। मृत्यु हुनेमा २४ वर्षीय पुरुष रहेको प्रहरीले जनाइएको छ। अहिले घाइते सबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले अहिले अनुसन्धान प्रारम्भिक चरणमा रहेको बताएको छ। अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो वाइडनको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकी सहरमा गोली चलेको हो।

यस विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। अहिले घटनामा संलग्न मानिसहरुको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2021-01-18 12:06:00

प्रतिकृया दिनुहोस्