सप्तरीमा आगलागीबाट चार घर नष्ट

Breaknlinks
Breaknlinks

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा  आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी  नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर आज विहान जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिए । 

आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव रु २० लाख मूल्य भन्दा बढीको क्षति भएको उनले बताए । आगलागीलाई स्थानीयवासी  बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीले  नियन्त्रणमा लिएका थिए । 

प्रकाशित मिति: : 2021-01-18 13:01:00

प्रतिकृया दिनुहोस्