पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : ६ महिनामा काम सक्ने दाबी, बाह्य समस्याले उडान पछि सर्ने संकेत !

विजय उत्सव

नेपालका करीब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो । निर्माणाधीन विमानस्थल निर्धारित समयभन्दा ६ महिनाअघि नै सञ्चालन हुने गरी तीव्र रूपमा काम भइरहेकोमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) का कारण प्रभावित बन्यो । 

आगामी सन् २०२१ जुलाई १० सम्म निर्माण सक्ने समयसीमा रहेकोमा सोभन्दा ६ महिना अगावै पूरा गर्ने लक्ष्य भने प्रभावित बनेको हो । 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले हालसम्म विमानस्थलको ७० प्रतिशत काम पूरा भएको बताए ।

विमानस्थलको हालसम्म २ हजार ५ सय मिटर लामो रन–वे, ट्याक्सी–वे, टर्मिनल बिल्डिङ, टावर, ह्याङ्गर, एप्रोन, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एस्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्टको काम सम्पन्न भैसकेको छ । यहाँ १४ वटा विभिन्न भवन निर्माण गरिएको छ ।

प्रकाशित मिति: : 2021-01-19 13:26:00

प्रतिकृया दिनुहोस्