लिभरकुसनसँग हार्‍याे डर्टमुन्ड

जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले बायर लिभरकुसनसँग पराजित भएकाे छ। बेएरिना लिभरकुसनमा मंगलबार राति भएकाे खेलमा लिभरकुसनले २–१ काे जित हात पारेकाे हाे।

घरेलु टोलीको जितमा मोउसा डियावी र फ्लोरियन रित्जले गोल गरे। जुलियन ब्रान्डको गोल सान्त्वना बन्यो।

खेलको १४औं मिनेटमा मोउसा डियावीको गोलबाट अग्रता लिएको थियो  ६७औं मिनेटमा जुलियन ब्रान्डले राफयल गुरेइरोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

८०औं मिनेटमा फ्लोरियनले गोल गर्दै लिभरकुसनलाई २–१ को जित दिलाए।

जितसँगै लिभरकुसन १७ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। लिभरकुसन शीर्षस्थानको वायर्न म्युनिखसँग ४ अंकले पछि छ। 

 पराजित डर्टमुन्ड २९ अंक जोडेर चौथो स्थानमा यथावत छ।

प्रकाशित मिति: : 2021-01-20 07:22:00

प्रतिकृया दिनुहोस्