अमेरिकाको ४६औं राष्ट्रपति वाइडे‍नले लिए शपथ, ट्रम्पका १५ निर्णय उल्टाउने तयारी

photo:AFP
photo:AFP

अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा जाे वाइडे‍नले शपथ ग्रहण गरेका छन्। स्थानीय समयअनुसार ७८ वर्षीय वाइडे‍नले बुधबार दिउँसो १२ बजे संसद् भवन (क्यापिटल बिल्डिङ) मा १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर राष्ट्रपतिको शपथ लिएका हुन्।

वाइडे‍नले जम्मा ३५ शब्दको शपथ खाए। यसपटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य भएन।

यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिसस सहभागी भएका थिए। त्यो पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर। उनको सुरक्षाका लागि पूरै बाटोमा नेसनल गार्ड तैनाथ गरिएको थियाे।

वाइडे‍नले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका थियाे। पहिलोपटक आफ्ना राष्ट्रपतिको शपथ समारोह अमेरिकाले खतरा महसुस गरेकले ठूलाे संख्यामा सुरक्षाकर्मी खटाइएकाे हाे।

जनवरी ६ मा वाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नका लागि सदनको संयुक्त सत्र जारी रहेका बेला हतियारसहित पूर्व राष्ट्रपति डाेनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेका थिए। जसमा एक सुरक्षाकर्मीसहित ५ जनाकाे मृत्यु भएकाे थियाे।

घटनापछि संघीय अनुसन्धान ब्यूरो (एफबिआई)ले सबै ५० राज्य तथा डिस्ट्रिक्ट अफ कोलम्बियासहितमा ट्रम्पका समर्थकले १६ देखि २० जनवरीसम्ममा सम्भावित हिंसात्मक प्रदर्शनको तयारी गरेको चेतावनी दिएको थियो। 

ट्रम्प सहभागि भएनन्

कार्यकाल सकिएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प भने उक्त शपथग्रहण समारोहमा उपस्थित भएनन्।

ट्रम्पले गत जनवरी ८ मा आफूले प्रक्रियागत हिसाबमा जनवरी २० मा सत्ता हस्तान्तरण गर्ने बताए पनि आफू चुनावको परिणामसँग पूर्ण रुपमा असहमत भएको बताएका थिए।

हुलाकबाट गरिएको मतदानमा अवैधानिक मत खसालिएको ट्रम्पको आरोप थियो। ट्रम्पले ह्वाइट हाउस औपचारिक रुपमा छाडेका छन्। उनी  हेलिकप्टरमा म्यारिल्यान्डको जोइन्ट बेस एन्ड्र्यु पुगेका छन्। त्यहाँ उनले अन्तिम विदाई समारोहमा सम्बोधन गर्नेछन्।

ट्रम्प ह्वाइट हाउसबाट हेलिकप्टरमा बाहिरिएका थिए। उनको अन्तिम विदाई समारोहमा पूर्वउपराष्ट्रपति माइक पेन्स भने उपस्थित भएनन्। ट्रम्प नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको निर्वाचणको मत परिणामदेखि सन्तुष्ट छैनन्।

उनले आफू चुनावको परिणामसँग पूर्ण रुपमा असहमत भएको बताएका थिए। चुनावमा धाँधली गरेकै कारण वाइडेनले चुनाव जितेको ट्रम्पको दाबी छ।

शपथलगत्तै १५ आदेशमा हस्ताक्षर गर्दै

वाइडे‍नले १५ कार्यकारी आदेश (एक्जिक्युटिभ एक्सन) मा हस्ताक्षर गर्दैछन्।

ती आदेशबाट यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले लागु गरेका कतिपय निर्णय उल्ट्याउनुका साथै कोरोना महामारी र जलवायु परिवर्तनबारे आफ्ना प्रारम्भिक याेजनाहरु लागु गर्ने उनका सहयोगीहरुले बताएका छन्।

महामारी, अर्थतन्त्र, जलवायु परिवर्तन र जातीय असमानतासँग जोडिएका समस्याहरुलाई सम्बोधन गर्न ती आदेशहरुमा हस्ताक्षर गर्ने तयारी रहेकाे छ।

उनले सुरुमै अमेरिकाका केन्द्रीय निकायहरु र त्यहाँ कार्यरत् कर्मचारीलाई मास्कसम्बन्धी अधिकार प्रदान गर्ने र कोरोना भाइरससँग सम्बन्धित मामिलामा समन्वय गर्नका लागि राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै एउटा नयाँ कार्यालय स्थापना गर्न पनि आदेश दिनेछन्।

वाइडे‍नले ओभल अफिसबाट ती निर्णय कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायलाई आवश्यक काम कारबाही अघि बढाउन निर्देशन दिनेछन्।

पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागी हुने र जलवायु परिवर्तनका समस्या समाधान गर्न व्यापक कदमहरु चाल्ने निर्णय उनले लिनेछन्। ट्रम्प प्रशासन पेरिस जलवायु सम्झौताबाट बाहिरिएकाे थियाे।

यसअघि ट्रम्पले किस्टोन एक्सएल आयल पाइपलाइनलाई दिइएको राष्ट्रपतीय स्वीकृति पनि रद्द गरिनेछ। 

वाइडे‍नले सीमामा पर्खाल लगाउने निर्णय र मुस्लिम बाहुल्य रहेका मुलुकबाट अमेरिका यात्रामा लगाइएका बन्देजहरु हटाइनेछन्।

त्यसैगरी, ट्रम्पको कार्यकालमा ट्रान्सजेन्डर अमेरिकीहरुलाई सैनिक सेवामा लगाइएको बन्देज हटाउने र विदेशमा गर्भपतनसम्बन्धी कार्यक्रमका लागि दिइने आर्थिक सहयोग रोक्ने ट्रम्पकालीन नीतिलाई उल्ट्याइनेछ।

तस्बिरहरु : गेट्टी इमेज

प्रकाशित मिति: : 2021-01-20 22:10:00

प्रतिकृया दिनुहोस्