युभेन्टस बन्याे इटालियन सुपर कप च्याम्पियन

युभेन्टस इटालियन सुपर कप च्याम्पियन बनेको छ।

स्टेडियो मापेइमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले सिरी ‘ए’ प्रतिद्धिन्द्धी नेपोलीलाई २–० ले पराजित गर्दै सुपरकपको उपाधि हात पारेको हो। 

युभेन्टसका लागि सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाको गोल गरे। 

६४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रत दिलाए। 

८०औं मिनेटमा लोरेन्जो इन्सिग्ने पेनाल्टीमा चुक्दा नेपोली बराबरीबाट चुक्यो। इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जुआन कोर्डाडोको पासमा अल्भारो मोराटाले गोल गदै युभेन्टसलाई २–० जित दिलाउदै च्याम्पियन बनाए।

प्रकाशित मिति: : 2021-01-21 08:19:00

प्रतिकृया दिनुहोस्