ट्रम्पको पत्र सार्वजनिक गर्न मानेनन् नवनियुक्त राष्ट्रपति वाइडेनले

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकामा सत्ता हस्तान्तरण गर्दा पूर्व राष्ट्रपतिले नवनियुक्त राष्ट्रपतिलाई एउटा चिट्ठी छोड्ने परम्परा पुरानो हो।

यो परम्परालाई डोनाल्ड ट्रम्पले पनि पछ्याएका छन्। तर, उनले विदाईमा लेखेको पत्रमा नवनियुक्त राष्ट्रपति जो वाइडेनलाई के भनेका छन्, त्यो भने सार्वजनिक भएको छैन। यसको जानकारी न राष्ट्रपति वाइडेन आफैले दिएका छन्,न ह्वाइट हाउस प्रशासनले। 

 पूर्व राष्ट्रपतिले ओभल अफिसको डेस्कमा नयाँ राष्ट्रपतिलाई पत्र छोड्ने परम्परा छ। जर्ज बुसले बिल क्लिन्टनको नाममा पनि एउटा पत्र छोडेका थिए, जुन उनको श्रीमती हिलारी क्लिन्टनले सोसल मिडियाबाट सार्वजनिक गरेकी थिइन। यो निकै लोकप्रिय भएको थियो। 

युएसएटुडेको रिपोट अनुसार ट्रम्पको चिट्ठी त्यति लामो छैन। वाइडेनलाई यस बारेमा प्रश्न गर्दा उनले भने, ‘हो, ट्रम्पले मेरो लागि एउटा पत्र छोडेर गएका छन्। यसमा उदारताको कुरा छ। यो नितान्त व्यक्तिगत पत्र हो। यसमा के लेखिएको छ,यसको जानकारी मिडियालाई दिन मिल्दैन।’

उनले पत्रको व्यहोरा सार्वजनिक गर्न आफूले पहिले ट्रम्पबाट स्विकृति लिनुपर्ने बताए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि कमला ह्यारिसको नाममा एउटा पत्र छोडेका थिए।
यसअघि जर्ज डब्ल्यु बुसले पनि बाराक ओबामाको नाममा ओभल अफिसमा पत्र छोडेका थिए। २०१७ मा पनि ओबामाले ट्रम्पलाई पत्र छोडेका थिए।

प्रकाशित मिति: : 2021-01-21 18:23:00

प्रतिकृया दिनुहोस्