अर्थर र म्याकेनिइकाे गोलमा युभेन्टस विजयी

Getty Images
Getty Images

इटालिन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बोलोग्नालाई २–० ले पराजित गरेको हो। युभेन्टसका लागि अर्थर मेलो र वेस्टन म्याकेनिइले गोल गरे।

१५ औँ मिनेटमा अर्थरले गोल गरेका हुन्। ७१ औँ मिनेटमा वेस्टनले गोल गरेर टिमलाई २–० को जित दिलाएका हुन्।

जितपछि चौथो स्थानको युभेन्टसको १८ खेलबाट ३६ अंक भएको छ।

प्रकाशित मिति: : 2021-01-25 07:46:00

प्रतिकृया दिनुहोस्