चन्द्रपुरकाे फराकिलाे जित

बिएल संवाददाता

काठमाडाै‌ं

रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिगमा जित हासिल गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ७–१ ले हराउँदै चन्द्रपुरले लिगमा पहिलो जित दर्ता गराएको हो।

चन्द्रपुरको जितमा सविता रानामगरले ह्याट्रिक गरिन् भने दिलकुमारी रानामगरले २, रजनी थोकर र सुनिता भोलानले समान १ गोल गरे। चौदण्डीगढीकी अन्जना थुलुङको गोल सान्त्वना बन्यो।

खेलको २२ औं मिनेटमा अन्जनाले गोल गर्दै चौदण्डीगढीलाई अघि बढाएकी थिइन्।

पहिलो हाफ इन्ज्युरी समयको दोस्रो मिनेटमा दिल कुमारी रानामगरले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याइन्।

४७औं रजनीले गोल गर्दै चन्द्रपुरलाई २–१ को अग्रता दिलान्। ५१औं मिनेटमा सविताले गोल गर्दै चन्द्रपुरलाई ३–१ ले अघि बढाइन्। 

६९औं मिनेटमा सविताले चन्द्रपुरलाई ४–१ को अग्रता दिलाइन्।  ७८औं मिनेटमा सविता गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

८५औं मिनेटमा सुनिताले गोल गर्दै चन्द्रपुरलाई ६–१ को अग्रता दिलाइन्। ईन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा दिलकुमारीले गोल गर्दै चन्द्रपुरलाई ७–१ को फराकिलो जित दिलाइन्।

प्रकाशित मिति: : 2021-01-25 17:10:00

प्रतिकृया दिनुहोस्