प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ।

बशुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

कलिलो उमेर देखि ब्याडमिन्टन प्याकेट समाती विभिन्न बाधा अवरोधलाई झेल्दै बिश्व ब्याडमिन्टन महासंघको यु १९ तर्फको बरियतामा तेश्रो नम्बरमा उक्लन सफल भई राष्ट्र, ब्याडमिन्टन खेल, संघ र खेल क्षेत्रको उच्च सान र मान राख्न सफल भएकोमा त्यसको कदर स्वरुप कदरपत्रद्वारा सम्मान गरिएको छ कदर पत्रमा जनाइएको छ। 

सोही क्रममा ब्याडमिन्टन खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईज नेपालको तर्फबाट प्रोपाईटर राजु बास्तोलाले ब्याडमिन्टन प्याकेटसहित खेल सामाग्री प्रदान गरे।

सो अवसरमा बोल्दै प्रमुख अतिथी सदस्य सचिव सिलवालले प्रिन्सको उपलब्धीले बिश्व खेल मञ्चमा नेपालीहरुको सान उच्च राख्न सफल भएको भन्दै आगामी दिनमा बिश्व ब्याडमिन्टनको बरियतामा १ नम्बरमा उक्लन सफल हुनु पर्ने बताए।

 उनले यसका लागि विभिन्न प्याङ्किङ्ग प्रतियोगिताहरुमा सहभागिताका लागि परिषद्बाट सक्दो सहयोग गर्ने बताए। यस्तै सिलवालले प्रिन्सका मामा कमलेश निरौलालाई प्रिन्सको ब्यवस्थापन कार्यका लागि धन्यबाद प्रदान गरे।

यस्तै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठले नेपालका उदियमान खेलाडीलाई आजको अवस्थामा आईपुग्नका लागि नेपाल ब्याडमिन्टन संघले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको पहल सहित सहयोग गरेको बताए।

पिन्स दाहाल आजको अवस्थामा आई पुग्न परिवार र बिषेशत उनका मामा कमलेस निरौलको निकैनै सहयोग रहेको भन्दै उहाँहरुलाई धन्यवाद प्रदान गर्नुका साथै परिवारको सहयोग विना कुनै पनि खेलाडी अगाडी बढ्न नसक्ने बताए।

एकेडेमीका अध्यक्ष पाठकले ब्याडमिन्टन खेलको विकास र विस्तारको उद्धेश्यका साथ विगत ५ बर्ष देखि एकेडेमी संचालन गर्दै विभिन्न राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नुका साथै प्रिन्स दाहाल मात्र नभई रत्नजित तामाङ्गलगायत विभिन्न खेलाडीहरुलाई सम्मान गर्दै आइरहेको बताए। 

उनले प्रिन्सको उत्तरोत्तर प्रगतीका कामना गर्दै आगामी दिनमा अझ उच्च स्थानमा पुग्न शुभकामना प्रदान गरे।

कार्यक्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह, अन्तराष्ट्रिय निर्णायक एवं काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, अन्तराष्ट्रिय निर्णायक द्वय किरण काजरञ्जित, उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जनलगायत ब्याडमिन्टन खेल प्रेमीहरुको उपस्थिती रहेको थियो।

प्रकाशित मिति: : 2021-01-27 16:21:00

प्रतिकृया दिनुहोस्