क्यामरुनमा यात्रुबहाक बसमा आगलागी ५३ जनाको मृत्यु 

क्यामरुनमा यात्रु बहाक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ। आगलागीबाट २९ जना गम्भीर घाइते भएका छन्। 

बुधबार दिउसो पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बसमा आगलागी भएको बताइएको छ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले बताएका छन।

सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। 

प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ। 

प्रकाशित मिति: : 2021-01-28 07:55:00

प्रतिकृया दिनुहोस्