जाडो याममा कति पानी पिउने!

एजेन्सी

काठमाडाैं

शरीरले आफ्नो क्रियाहरु गर्दा पानीको प्रयोग गर्नुको साथै शरीरलाई राम्रो परिस्थितिमा राख्न विभिन्न अङ्गहरूबाट केही मात्रामा पानी शरीर बाहिर निस्कासन गर्दछ।

हाम्रो शरीरको २र३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ। तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ। प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ।

साधारणतया केही काम नगरी त्यतिकै बस्दा श्वास–प्रश्वास र छालाको माध्यमबाट ७०० मि।लि, दिसाबाट १०० मि।लि, पिसाबबाट १५०० मि।लि गरि लगभग २/३ लिटर पानी शरीरबाट प्रतिदिन बाहिर निस्कासन हुन्छ तर मौसम र हाम्रो कामको प्रकृति अनुसार शरीरबाट बाहिर निस्कने पानीको मात्रा घटबढ हुन्छ।

शरीरमा पानीको सन्तुलन बनाइराख्न जति मात्रामा पानी शरीर बाहिर जान्छ त्यति मात्रामा पानी पिउनु अति आवश्यक छ। तसर्थ कुनै काम नगरी बस्दापनि २।३ लिटर पानी नित्य पिउँनै पर्दछ। कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ। जाडो याममा ३ लिटर र गर्मी याममा ४ लिटरसम्म पानी पिउन सकिन्छ।

पानी सेवन सम्बन्धी नियमहरू

– सफा र स्वच्छ पानी पिउनु पर्दछ।

– अत्यधिक चिसो र अत्यधिक तातो पानी कहिल्यै पनि पिउनु हुँदैन।
पानी सँधै बसेर चुस्की लिँदै पिउनु पर्दछ।

– एकै चोटि अत्यधिक पानीको सेवन गर्नु हुँदैन। १ घण्टामा १ गिलासको ९२५० मि।लि० दरले पानी पिउन सकिन्छ।

– दिनको ३–४ लिटर पानी पिउनु पर्छ। नियमित रूपमा पानी पिउने बानी बसाल्नु पर्छ।

– खानासँग पानीको सेवन गर्नु हुँदैन। खानासँग पानी पिउनाले पाचनक्रिया सुस्त हुन्छ र खाना राम्रोसँग पच्दैन। खाना खानुभन्दा १÷२ घण्टा अगाडि र खाएको १ घण्टा पछि मात्र पानी पिउनु पर्छ।

– तातो पानी अधिक पिउनाले पाचनतन्त्र कमजोर हुन्छ र खाना राम्रोसित पच्दैन।

– थाकेको अवस्थामा र धेरै पसिना आएको अवस्थामा चिसो पानी धेरै पिउनु हुँदैन। धेरै पसिना आउँदा पसिनाको माध्यमबाट शरीरको ताप बाहिर गइरहेने भएकोले चिसो पानी पिउँदा शरीरको तापक्रम घट्नगई प्रतिकूल असर पर्न सक्छ।

प्रकाशित मिति: : 2021-01-29 08:29:00

प्रतिकृया दिनुहोस्