कंगनाले इन्दिरा गान्धीको बायोपिकमा काम गर्ने

बलिउडकी चर्चित नायिका कंगना रनौत पुनः एक पल्ट ‘पोल्टिकल ड्रामा’ मा देखापर्ने भएकी छिन्।

पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको कथामा आधारित फिल्ममा उनी इन्दिराको अभिनयमा देखा पर्दैछिन्।

इन्दिरा गान्धीको जीवनीमा आधारित फिल्म साई कबिरले निर्देशन गर्दैछन्।

कंगनाले यसको जानकारी ट्वीट गरेर बताएकी हुन्। ‘यसको जानकारी दिन पाउँदा मलाई खुसी लागेको छ, मेरा प्रिय मित्र साई कबिर र म मिलेर पोलिटिकल ड्रामामा काम गर्न लागेका छौं। फिल्मको निर्देशन मणिकर्णिका ब्यानरले गर्नेछ। फिल्मको कथा साई कबिरले लेखेका छन्,’ उनले जानकारी दिइन्।

प्रकाशित मिति: : 2021-01-29 16:04:00

प्रतिकृया दिनुहोस्