जनवादी गायक हेमराज आश्रमको ‘तानाशाह बन्न नखोज’ गीत सार्वजनिक भएको छ।
सोमबार गीतको भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो।
हेमराज आश्रम र सुुशिला बान्जाडेको स्वर रहेको गीतको लय/शब्द हेमराजकै रहेको छ।
गीतमार्फत समसामयिक राजनितिक अवस्थालाई सावधानी गर्न खोजिएको छ।
उनी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन निणर्यको नागरिक आन्दोलनमार्फत विरोध जनाउँदै आएका छन्।