प्रचण्ड–माधव समूहले भोली आम हड्ताल गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं
हाम्रो पात्रो

नेकपा प्रचण्ड–माधव समूहले २२ गते बिहीबार अर्थात् भोली आम हड्ताल गर्ने घोषणा गरेको छ।

उनीहरुले बुधबार दिउँसो पेरिस डाँडामा पत्रकार सम्मेलनको आयोजना गरी हट्तालको घोषणा गरेको हो।

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरेकोले आम हट्तालको घोषणा गरेको प्रवाक्ता नारायण काजी श्रेष्ठले  बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयपछि प्रचण्ड–माधव समूह आन्दोलित छ। 

संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुले संसदिय सुनुवाईबिनै आज सपथ लिइएका छन्।

प्रकाशित मिति: : 2021-02-03 15:17:00

प्रतिकृया दिनुहोस्