त्रिभूवन आर्मी क्लब मेयर गोल्डकप फुटबलको फाइनलमा

विभागीय टीम त्रिभूवन आर्मी क्लब प्रथम मेयर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

महोत्तरीको भंगहास्थित खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा त्रिभूवन आर्मी क्लबले महोत्तरीको बेङ्खाडी स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा पुगेको हो। 

उपाधिका लागि त्रिभूवन आर्मी क्लबले बिहिबार विभागीय टीम एपीएफ काठमाडौं र वियय युथ क्लब हेटौडाबीच हुने दोस्रो सेमिफानल खेलका विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

निर्धारित समयसम्म दुबै टोली बराबरी रोकिएपछि खेलको छिनोफानो पेनाल्टीबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा आर्मीका टंक बस्नेत, टेक बहादुर बुढाथोकी, दिपक गुरुङ्ग, गौतम श्रेष्ठ र विवेक बस्नेतले गोल गरे। बेङ्गखाडीका लागि कर्ण लिम्बु, निरज बस्नेत र सुजित बुढाथोकीले गोल गर्न सफल भएका थिए भने बिक्रम धिमाल गोल गर्नबाट चुकेका थिए। 

खेलको म्यान अफ दि म्याच आर्मीका कप्तान टेक बहादुर बुढाथोकी भए। उनले नगद पाँच हजार र कप पाए।

प्रकाशित मिति: : 2021-02-03 20:15:00

प्रतिकृया दिनुहोस्