हेटौंडालाई ०–४ ले पराजित गर्दै एपीएफ फाइनलमा

महोत्तरीको भंगहामा सञ्चालित प्रथम मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तरगत बिहवार भएको दोस्रो सेमिफाइनल खेलमा विजय युथ क्लब हेटौंडालाई शुन्यका विरुद्ध ४ गोलले हराउँदै एपीएफ काठमाडौं फाइनलमा प्रवेश गरेको छ।

अत्यन्त प्रतिस्पार्धात्मक रहेको खेलको पहिलो हाफ ३ गोल गर्दै एपीएफले अग्रता लिएकाे थियाे, भने दोस्रो हाफमा १ गोल थप्दै एपीएफले विजय सुनिश्ति गरेकाे थियाे । एपीएफका तर्फबाट रबि थिङ्ग २, रितिक खड्का १ र महेश लामाले १ गोल गरेका थिए। एपीएफले आउँदो शनिवार त्रिभुवन आर्मी क्लबसँग फाइनल खेल खेल्नेछ। त्रिभुवन आर्मी क्बलले महोत्तरीको बेङ्गखाडी स्पोर्टस क्लबलाई पराजित गर्दै फाइनल खेलका लागि ठाउँ सुनिश्चित गरिसकेको छ।

खेलको म्यान अफ द म्याच एपीएफका कप्तान समेत रहेका तथा खेलमा २ गोल गर्न सफल खेलाडी रबि थिङ्गले पाए। उनले नगद पाँच हजार र कप पाए।

भंगहाको सिद्धपुर विद्यालयको खेल मैदानमा सञ्चालित प्रदेश २ कै सर्वाधिक पुरस्कार राशीको प्रथम मेयर गोल्ड कप २०७७ नकआउट फुटबल प्रतियोगिताको अन्तरगतको फाइनल खेल दुबै विभागीय टीम एपीएफ र त्रिभुवन आर्मी क्लबबीच आउँदो शनिबार हुने छ। 
विजेता टीमले नगद पाँच लाख र उपविजेता टीमले नगद दुइ लाख पाउने छ।

प्रकाशित मिति: : 2021-02-04 19:01:00

प्रतिकृया दिनुहोस्