म्यान्मारको सैनिक 'कू'को निन्दाः बन्दी रिहाइ माग

बिएल संवाददाता

काठमाडाै‌ं
[Jorge Silva/Reuters]
[Jorge Silva/Reuters]

मानवअधिकार तथा शान्ति समाजले माघ १९ गते म्यान्मामा भएको सैनिक ‘कू’ र राजनीतिकर्मीको गिरफ्तारीको निन्दा गर्दै बन्दी बनाइएका सबै आस्थाका बन्दीको विनाशर्त रिहाइको माग गरेको छ।

पोखरामा सम्पन्न समाजको केन्द्रीय कार्यसमिति बैठकले ‘बर्मा’मा सैनिक शासनको शीघ्र समाप्ति र लोकतन्त्र बहालीका लागि समेत आग्रह गरेको छ। 

बैठकले कोभिड–१९ का कारण जीवन गुमाउन पुगेका सबैप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। नेपालमा भएको प्रतिनिधिसभा विघटनलाई समाजले अलोकतान्त्रिक ठहर गरेको महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिए।

विघटनको विरोधमा समाज जिल्ला शाखाको आयोजनामा २०  स्थानमा गोष्ठी सम्पन्न भएका छन्। समाजको २३ औँ राष्ट्रिय परिषद् बैठक आगामी फागुन २१ र २२ गते कास्की शाखाको आतिथ्यमा पोखरामा आयोजना हुँदैछ। यसका लागि कास्की शाखा सभापति अमृत सुवर्णकारका संयोजकत्वमा मूल तयारी समिति र १३  उपसमिति गठन भएको छ।
  
समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीका सभापतित्वमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, केन्द्रीय कार्यसमितिका सदस्य र कास्की शाखाका पदाधिकारीसहितको सहभागिता रहेको समाजले जनाएको छ। रासस



 

म्यान्मार सैन्य ‘कू’: सबै नेपालीभाषीलाई विरोध गर्न आग्रह

सैन्य ‘कू’ बारे म्यान्मारबाट ‘बिएल भिडियो ब्रिफिङ’

बर्मेली सेनाको प्रष्टीकरण- नयाँ जनादेशमा जान आपतकाल लागू गरिएको हो

म्यान्मारमा भएको सैन्य ‘कू’ प्रति नेपाल मानवअधिकार संगठनको विरोध

सैन्य ‘कू’पछि यस्तो छ म्यान्मारको जनजीवन [फोटो फिचर]

म्यान्मारमा सेनाद्वारा एक वर्ष संकटकाल, अमेरिकाको आपत्ति

म्यान्मारमा सैन्य ‘कू’, आङ सान सु कीसहित प्रजातान्त्रिक नेताहरु नियन्त्रणमा

तानाशाही

सैनिक ‘कू’ ले थलिएको म्यान्मारको अवस्था यस्तो छ [ फोटो फिचर ]

ए... विश्व नेताहरु हो!

म्यानमारको सैनिक ‘कू’, विगत र भविष्य

कालो बादलले घेरेको माघ–१९ को त्यो बिहानी

म्यान्मारमा फेसबुकलगायत सामाजिक सञ्जाल प्रतिबन्ध

प्रकाशित मिति: : 2021-02-05 14:07:00

प्रतिकृया दिनुहोस्