बिएल संवाददाता
स्वघोषित सैन्य सरकारले म्यान्मारमा जारी तनावको स्थितका बीच सामाजिक सञ्जाल फेसबुक, वाट्सएप, मेसेन्जर र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।
विदेशी न्युज संस्था रोयटर्सले पनि यसको पुष्टी गर्दै म्यान्मारको यातायात तथा सूचना मन्त्रालयले फेब्रुअरी ७ सम्मका लागि अनिश्चितकालीन प्रतिबन्ध लगाएको बताएका छन्।
सेनाले १ फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ तथा प्रधानमन्त्री आङ सान सु कीलगायत उनको पार्टीका अधिकांश नेतालाई नजरबन्द र पक्राउ गर्दै संकटकाल घोषणा गरेको थियो। सेनाले गत नोभेम्बरमा भएको आमनिर्वाचनमा धाँधली भएको भन्दै आफूले यो कदम उठाउनु परेको बताएको थियो।
सेनाको यो कार्यको सामाजिक सञ्जालमा विश्वव्यापी विरोध भएपछि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया