‘अग्रगामी’ राजनीतिको प्रतिगामी बाटोे

गोरखापत्र

काठमाडाैं

गोपाल खनाल

भारतले नेपाललाई कोभिड महामारीविरुद्ध दस लाख खोप उपलब्ध गराएपछि अर्को छिमेकी राष्ट्र चीनले पनि पाँच लाख खोप उपलब्ध गराउने निर्णय ग¥यो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र विदेशमन्त्री वाङ यीबीच माघ २३ मा भएको टेलिफोन वार्तामा यो सहमति भयो । यसअघि चीनले तीन लाख खोप अनुदानमा उपलब्ध गराउने दूतावासले जनाएकामा विदेशमन्त्रीले थप दुई लाखसहित पाँच लाख दिने बताउनुभयो ।
त्यस्तै, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को प्रयासमा २२ लाख ५६ हजार खोप नेपालले पाउँदै छ । कोभ्यासले माघ २१ मा ‘आन्तरिक वितरण पूर्वानुमान’ शीर्षकका जारी वक्तव्यमा खोप पाउने १४० राष्ट्रको सूचीमा नेपाल पनि प¥यो । उक्त खोप फेब्रुअरी अन्तिमबाट वितरण हुँदै छ । नेपालले पाउने खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजनिकाले संयुक्त रूपमा विकास गरेको हो । नेपाललाई भारतले दिएको खोप यही हो ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार, अनुदानमा आउनेबाहेक नेपाल सरकारले आवश्यक पर्ने करिब ४६ लाख खोप भारतसँग किन्ने तयारी छ, जो ६५ वर्षमाथिका आमाबुवालाई दिइनेछ । अर्थात् सरकार नागरिकको सुरक्षामा केन्द्रित छ र छिमेकीहरू नेपाल सरकारलाई सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति: : 2021-02-07 07:48:00

प्रतिकृया दिनुहोस्