सुआरेजले दुई गोल गरे पनि एट्लेटिको बराबरीमा रोकियो

photo : Getty Images
photo : Getty Images

लुइस सुआरेजले दुई गोल गरे पनि एट्लेटिको म्याड्रिडलाई २–२ गोलको बराबरीमा रोक्दै सेल्टा भिगाले अंक बाडेको छ।  

सुआरेजले ४५ र ५० मिनेटमा गोल गरेका थिए। भ्रमणकारी भिगोका लागि मिना भिगोले १३ मिनेटमा र फाकुन्डो फेरियराले ८९ मिनेटमा गोल गरे।

भिगोले अग्रता लिए पनि उरुग्वेका स्ट्राइकर सुआरेजको गोलमा एट्लेटिकोले दोस्रो हाफको सुरुवातमा अग्रता बनाएको थियो। तर, फेरियराले अन्तिममा खेललाई बराबरीमा राखे। 

बार्सिलोनाबाट गत सिजन एट्लेटिको प्रवेश गरेका सुआरेजको ला लिगामा यो सिजन १६ औं गोल हो। एट्लेटिको २० खेलमा ५१ अंकसहित शीर्ष स्थानमा छ। सेल्टा २२ खेलमा २६ अंक सहित १० औं स्थानमा छ।

प्रकाशित मिति: : 2021-02-09 06:45:00

प्रतिकृया दिनुहोस्