'पिसिआर शुल्क एक हजार मात्र'

Emuktipath

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसको परीक्षणका लागि गरिने पिसिआर शुल्क एक हजार लाग्ने बताएका छन्।

आज बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकमा बोल्दै उनले यसअघि दुई हजार लाग्ने पिसिआर शुल्क अब एक हजार लाग्ने बतएका हुन्।

त्यस्तै उनले कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र सम्भव हुने बताए। यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोरोनाको उपचार हुने थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा बसेको बैठकमा उक्त निर्णय भएको हो। 
 

प्रकाशित मिति: : 2021-02-10 20:13:00

प्रतिकृया दिनुहोस्