अनलाइन क्लास लिइरहेका छोरालाई झाँक्रीले भनिन्- यो सबै 'नेता बुवा' ले गर्दा भएको हो

सेतोपाटी

काठमाडाै‌ं

सन्जिब बगाले

नेकपा केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई बिहीबार बिहान प्रहरीले गिरफ्तार गरेर लगेपछि शंखमूल निवासमा उनका पति पशुपति पुरी शुभचिन्तकहरूसँग कुराकानी गर्दै थिए।

त्यही बेला आफन्तको फोन आयो। उनीहरूबीच झाँक्रीको पक्राउ र ८ वर्षे छोरा आरवबारे कुराकानी भयो।

'छोरालाई धेरै थाहा छैन,' पशुपतिले फोनमा भने, 'मानसिक असर केही पर्छ कि भन्ने लागेको छ।'

टेलिफोन कुराकानी सकिएपछि हामीले पनि पशुपतिसँग कुरा गर्न खोजेका थियौं। तर, उनले झाँक्रीको गिरफ्तारीबारे कुनै प्रतिक्रिया दिएनन्।

भौतिक तथा पूर्वाधार मन्त्रालयमा उपसचिव रहेका पशुपति र झाँक्रीको ११ वर्षअघि विवाह भएको थियो। आज जुन दिन झाँक्रीलाई राज्यविरूद्धको कसुरअन्तर्गत पक्राउ गरियो, संयोगले यो उनीहरूको एनिभर्सरीको दिन हो।

'आज हाम्रो एनिभर्सरी हो। एघार वर्षअघि आजैको दिन हाम्रो बिहे भएको थियो,' पशुपतिले भने।

प्रकाशित मिति: : 2021-02-11 15:09:00

प्रतिकृया दिनुहोस्