जसपा स्थायी समिति सदस्य हवारी नेकपा (ओली) समूहमा प्रवेश 

बिएल संवाददाता

काठमाडाै‌ं

जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इञ्चार्ज इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन्। 

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गरेका हुन्।

स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिए। 

वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशको क्रममा रहेको कार्यक्रममा दिइएको छ।

प्रकाशित मिति: : 2021-02-12 12:09:00

प्रतिकृया दिनुहोस्