हकीमा सुदूरपश्चिमको तेश्रो जित

बिएल संवाददाता

महेन्द्रनगर 

सुदूरपश्चिम प्रदेशले तेश्रो साहना प्रधान स्मृति महिला हक्की प्रतियोगितामा शनिबार लगातार तेश्रो जित हात पारेको छ।

कञ्चनपुरको महेन्द्रनगरमा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई २–० गोलले पराजित ग¥यो। सुनिता नेगीले २४ औं तथा लक्ष्मी बलमे ४२ औं मिनेटमा गोल गरे। 

५ टिम सहभागी राउन्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगितामा लगातार तेश्रो जित हात पारेको सुदूरपश्चिमको ९ अंक भएको छ। समान ३ खेल खेलेको आर्मीको पनि ९ अंक छ।

आइतबार आर्मी र सुदूरपश्चिमबीचको दोश्रो तथा प्रतियोगिताकै अन्तिम खेलले विजेताको टुंगो लगाउने छ। तीनै खेल खेलिसकेको गण्डकी जित विहीन छ।

त्यसअघि दिनको पहिलो खेलमा प्रदेश २ ले प्रदेश १ लाई १–० गोलले हरायो। गुडिया सराफले २२ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो।

सबै चार खेल खेलेको प्रदेश २ को समान २–२ जित/हारसंगै ६ अंक पुगेको छ। यससंगै प्रदेश २ ले तेश्रो स्थान पक्का गरेको छ। ३ खेल खेलेको प्रदेश १ अंकविहीन छ।

प्रकाशित मिति: : 2021-02-13 19:09:00

प्रतिकृया दिनुहोस्