कसको हो पोखरा ? कहाँसम्म हो पोखरा ?

अनलाइनखबर

काठमाडाैं

आज म के बोलौं र के नबोलौंको दुविधामा छु । संसारमा बोल्नुपर्ने र लेख्नुपर्ने बाँकी नै के छ र ? पढ्नु पर्ने, अनुभव गर्नुपर्ने, सुन्नुपर्ने र जान्नुपर्ने कुरा अथाह छन् र म यी सबैबाट टाढा छु । कहिलेकाहीँ आफूलाई अभिव्यक्त गर्न कविता लेख्ने कोसिस गर्छु । थाहा छैन, ती प्रयत्नहरू कति कविता भए कति प्रयत्नमै सीमित रहे । म जस्तो सामान्य मान्छेका लागि यो अवसर पनि थामीनसक्नुको बोझ हुँदो रहेछ । फेरि पनि म प्रयत्न गर्छु ।

म सानो हुँदा मेरी बजैले आˆनो चोरऔँलाले हिमालतिर संकेत गर्दै भन्नुहुन्थ्यो, ‘ऊ त्यो ऐरावत हात्ती हो’ । म बुझ्दिनथेँ । सायद नबुझेको भाव मेरो चेहरामा बुझिने ढंगले देखा पथ्र्यो । उहाँ फेरि बुझाउने कोसिस गर्दै भन्नुहुन्थ्यो, ‘ऐरावत हात्ती भनेको स्वर्गको राजा इन्ऽले चढ्ने हात्ती हो । त्यो हिमाल त्यही ऐरावत हात्ती हो’ । मेरी बजैको त्यो कथन अचेल म आफ्नै सम्पदाको सदुपयोग गरेर आफ्नो भूमिलाई स्वर्ग बनाउन सक्छौं भन्ने अर्थमा बुझ्छु ।

स्वर्ग बन्ने सम्भावना भएको तर पाइला पिच्छे अवसरबाट चुकेको मेरो पोखरा के कुनै पूरा कथाको अभिशप्त अप्सरा हो ? पोखरा सम्झँदा मान्छेहरू सम्भवतः माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला सम्झन्छन् । सेती नदी र फेवा ताल सम्झन्छन् । गन्धर्वहरू र सारंगी सम्झन्छ्न् । लाहुरेहरू सम्झन्छन् ।

पोखरासँग जोडिएका यस्ता थुप्रै सम्झनाहरू हुन सक्छन् । पोखराका लोक-संस्कृति, साहित्य, कला, सङ्गीत लगायतका थुप्रै पाटाहरू पनि छन् । जसलाई नसम्झी पोखराको परिचय पूरा हुन सक्दैन ।

प्रकाशित मिति: : 2021-02-13 22:32:00

प्रतिकृया दिनुहोस्