निर्वाचन आयोगलाई प्रचण्ड समूहको प्रश्न : नेकपाको विवाद हल नगरी कसरी निर्वाचन हुन्छ ?

तस्वीर सौजन्य : लिलामणि पोखरेलको फेसबुक
तस्वीर सौजन्य : लिलामणि पोखरेलको फेसबुक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई नेकपाको विवाद समाधान नगरी निर्वाचन हुन नसक्ने बताएको छ ।

आइतबार निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको छलफलमा प्रचण्ड समूहका नेता लिलामणि पोखरेलले नेकपाको आधिकारिकता विवाद हल नगरी निर्वाचन अगाडि बढ्न नसक्ने बताएका हुन्।

उनले भने, ‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवादसम्बन्धी प्रश्नहरु हल नगरी कसरी निर्वाचन सम्पन्न गर्नुहुन्छ ? नेकपासँग ६४ प्रतिशत मत छ । यसको विवाद हल नगरी निर्वाचन अघि बढ्न सक्दैन ।’ 


 

प्रकाशित मिति: : 2021-02-14 14:20:00

प्रतिकृया दिनुहोस्