‘देश समृद्ध बन्न महिला समृद्ध हुनुपर्छ’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले समाजको समृद्धि त्यहाँको महिलाको सुख, समृद्धि र खुशीलाई हेरेर वर्णन सकिने बताएकी छन्। मन्त्री महतोले कुनै देश वा समाजलाई समृद्ध बनाउन त्यहाँका महिला समृद्ध हुनु आवश्यक रहेको बताइन्। 

आजदेखि जनकपुरधाममा शुरु भएको महिला हस्तकला मेला तथा प्रदर्शनी उद्घाटन समारोहमा मन्त्री महतोले भनिन्, 'यस्ता किसिमको प्रदर्शनीले महिला उद्यमीहरूलाई आत्मनिर्भर बनाउन केही हदसम्म सहयोग पु¥याउने छ।' उनले महिलाहरूको सीप तथा कला प्रदर्शनीका लागि स्थानीय तहलाई समेत महिला उद्यम तथा महिलालाई आत्मनिर्भर बनाउने किसिमको विभिन्न किसिमका योजनाहरु ल्याउनुपर्ने बताइन्। 

मन्त्री महतोले महिलालाई आफ्नो सीपको प्रदर्शन गर्ने एउटा थलोका रुपमा प्रदर्शनीको व्यापक प्रचारप्रसार हुनुपर्ने बताइन्। तीन दिवसीय महिला हस्तकला मेला तथा प्रदर्शनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा शुरु भएको हो। यस प्रदर्शनीमा प्रदेश २ का आठवटै जिल्लाका महिला उद्यमीको सहभागिता छ। मेलामा कूल ५० वटा कक्ष राखिएको छ। 

नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्र शाक्यले महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरूको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले यो प्रदर्शनीको आयोजना गरिएको बताइन्। प्रदर्शनीमा मिथिला चित्रकला, बाँसका कलात्मक भाँडावर्तन, माटाका भाँडा, सुतीका कपडालगायत सामग्रीहरू राखिएका छन्। निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको यस प्रदर्शनी अवलोकनका लागि २५ हजारभन्दा बढी आगन्तुक आउने अनुमान गरिएको छ। 

पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनुषामा पिकअप भ्यानको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार मृत्यु हुनेमा मिथिला नगरपालिका–३ बस्ने ३५ वर्षीया दुर्गा बुलन तामाङ छन्।

मिथिला नगरपालिका–४ जलाद पुल नजीक पूर्वपश्चिम राजमार्गमा पिकअप भ्यानको ठक्करबाट तामाङको मृत्यु भएको हो। पैदल हिँडिरहेका तामाङलाई गए राति ना२च १५४२ नंको पिकअपले भ्यानले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते तामाङको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा आज मृत्यु भएको इप्रका ढल्केवरले जनाएको छ। ठक्कर दिने पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस 

प्रकाशित मिति: : 2021-02-14 20:34:00

प्रतिकृया दिनुहोस्