लुकाकुको ३ सय गोलको कोशेढुंगा पुरा, इन्टर शीर्ष स्थानमा 

photo : BBC
photo : BBC

रोमेलु लुकाकुको दुई गोलको सहयोगले लाजियोलाई ३–१ गोलले पराजित गर्दै इन्टर मिलान इटालियन सिरिया ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। 

प्रतिद्धन्द्धी एसी मिलानलाई एक अंकले पछि पार्ने क्रममा इन्टरका लागि लुकाकुले २२ मिनेटमा पेनाल्टीबाट तथा ४५ मिनेटमा अर्को गोल गरेका थिए। तेस्रो गोल लाउटारो मार्टिनेजले ६४ मिनेटमा गरे। मार्टिनेजलाई गोलको मौका पनि लुकाकुले नै जुराइदिएका थिए।   

लाजियोका लागि मिलिनकोभिक–साभिकले ६१ मिनेटमा गोल फर्काएका थिए। 

लुकाकुले क्लब तथा अन्तर्राष्ट्रिय फुटबलमा ३ सय गोलको कोशेढुंगा पुरा गर्न पेनाल्टी गोलको सहारा लिए। उनको यो सिजन १६ गोल हो। इन्टरले २२ खेलबाट ५० अंक जोडेको छ।

मिलान डर्बीअन्तर्गत आउँदो आइतबार सान सिरोमा दुई प्रतिद्धन्द्धीबीच भिडन्त हुँदैछ।

प्रकाशित मिति: : 2021-02-15 08:37:00

प्रतिकृया दिनुहोस्