लेपजिकका सेन्टर–ब्याक उपामेकानो म्युनिखमा अनुबन्धित

वायर्न म्युनिखले लेपजिकका सेन्टर–ब्याक डायोट उपामेकानोलाई अनुबन्धित गरेको छ।

फ्रेन्च स्टारलाई १ जुलाईदेखि क्लबमा समावेश हुने गरि ३८ मिलियन युरोमा भित्राएको विभिन्न मिडियाले बताएका छन्। 

२२ वर्षीय उपामेकानोले पाँच वर्षका लागि वायर्नसँग अनुबन्धन गरेका हुन्। यसअघि उनी म्यानचेस्टर युनाइटेड, चेल्सी नभए लिभरपुल जाने हल्ला चलेको थियो।

लेपजिकबाट उनले साढे ४ वर्षको अवधिमा १ सय ३९ खेल खेलेका छन्। युरोपेली च्याम्पियन वायर्न बुन्डेसलिगामा लेपजिकभन्दा ४ अंकले माथि रहँदै शीर्ष स्थानमा छ।

प्रकाशित मिति: : 2021-02-15 09:27:00

प्रतिकृया दिनुहोस्