नेपाल प्रतिनिधिसभा विघटन: एमिकस क्युरीबारे तपाईँको मनमा उठ्न सक्ने पाँच प्रश्नहरू

मङ्गलवारबाट प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतलाई सघाउन गठित विज्ञहरूको समूह एमिकस क्युरीले संवैधानिक इजलासमा आफ्नो बहस सुरु गरेको छ।

यसअघि रिट निवेदकका तर्फबाट वकिलहरूले बहस एवं सरकारी वकिलहरूले आफ्नो प्रतिरक्षा गर्ने काम गरेका थिए।

एमिकस क्युरीले आफ्नो बहस सकेपछि सर्वोच्च अदालतले यस मुद्दाको टुङ्गो लगाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को तल्लो सदन विघटन गरेपछि परेका मुद्दाहरूमाथिको सुनुवाइको क्रममा पुष १० मा सर्वोच्च अदालतले एमिकस क्युरी झिकाउने आदेश दिएको थियो।

प्रकाशित मिति: : 2021-02-16 16:01:00

प्रतिकृया दिनुहोस्