राजदेवी मन्दिर परिसरमा धर्मशाला बन्ने

रासस

कलैया
File Photo
File Photo

कलैया उपमहानगरपालिका–१ स्थित रहेको शक्तिपीठ राजदेवी मन्दिर परिसरमा धर्मशालाको शिलान्यास गरिएको छ।

करिब रु १८ लाखको लागतमा धर्मशाला निर्माण हुनेभएको छ। शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले मेयर यादवले पहिलो चरणमा रु आठ लाख उपमहानगरका तर्फबाट सहयोग गर्ने घोषणा गरे। 

धर्मशाला निर्माण भएपछि भाकल लिएर टाढा टाढाबाट आउने भक्तजनलाई बास बस्न सजिलो हुने उनले बताए। उनले मन्दिरको संरक्षण एवं सम्वद्र्धनमा पनि उपमहानगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

राजदेवी मन्दिर बलिका लागि पनि प्रख्यात रहेको हुँदा दशैँमा बलि चढाउनेहरुको घुइँचो लाग्ने गरेको स्थानीयवासी दिव्यनाथ श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2021-02-17 06:54:00

प्रतिकृया दिनुहोस्