भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न अभियुक्त सार्वजनिक 

बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भनिएका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

मंगलबार पक्राउ परेका भागरथीकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ का दिनेश भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो।

पक्राउ परेका व्यक्ति भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने विद्यार्थी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, ती व्यक्तिले ‘रिसिइबी’ का कारण भागरथीको बलात्कार र हत्या गरेको भनी बयान दिएका छन्।

भट्टको बलात्कार तथा हत्या गरेको विद्यालयकै एक विद्यार्थी स्वीकार गरेका छन्।

प्रहरीका अनुसार सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथीलाई सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन्।

बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीको टोलीले ती शंकितलाई शनिबार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडी पु-याएको थियो। तर अहिले उनकै विद्यालयका सहपाठीले भागरथीको बलात्कारपछि हत्या स्वीकार गरेका हुन्।

प्रकाशित मिति: : 2021-02-17 14:24:00

प्रतिकृया दिनुहोस्